अन्तिम टी२० मा भारत पराजित

डिसी नेपाल
२३ मंसिर २०७७ १७:५१
56
Shares

काठमाडौं । अष्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम टी२० मा भारत पराजित भएको छ । सिड्नीमा भएको खेलमा भारत घरेलु टोली अष्ट्रेलियासँग १२ रनले पराजित भएको हो ।

अष्ट्रेलियाले दिएको १८७ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो । भारतका लागि कप्तान विराट कोहलीले अर्धसतकीय पारी खेले पनि अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् । उनले ६१ बलमा ४ चौका र तीन छक्काको मद्दतमा ८५ रन बनाए । यस्तै ओपनर शिखर धवनले २८ र हार्दिक पांड्याले २० रन बनाए । अष्ट्रेलियाका मिचेल स्वीपसनले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो । अष्ट्रेलियाका लागि दुई जना खेलडिले अर्धशतकीय पारी खेले । म्याथ्यु वेडले सर्वाधिक ८० रन बनाउँदा ग्लेन म्याक्सवेलले ५४ रन बनाए। यस्तै स्टिभ स्मिथले २४ रन जोडे। भारतका वासिंटन सुन्दरले २ विकेट लिदा टी नटराजन र युजभेन्द्र चाहलले समान १ विकेट लिए।

अष्ट्रेलिया भ्रमणमा रहेको भारतले तीन खेलको टी२० सिरिजमा दुई खेल जित्दै सिरिज जितेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.