बेन स्टोक्सका पिताको मृत्यु
काठमाडौं । इंग्लिस क्रिकेटर बेन स्टोक्सका पिताको मृत्यु भएको छ । लामो समय देखि ब्रेन क्यान्सरबाट ग्रसित बेन स्टोक्सका पिता जेरार्ड स्टोक्सको मंगलबार मृत्यु भएको हो ।
६५ वर्षिय उनको गत जनवरीमा जोहानेसवर्गमा उपचार गरिएको थियो । करिब ५ हप्ता लामो उपचार पछि उनी आफ्नी श्रीमतीसँग न्युजिल्याण्ड फर्किएका थिए ।
Sad news. RIP Ged. pic.twitter.com/KmEDFuLRUd
— Workington Town is wearen a fyas cuvveren (@WorkingtonTown) December 8, 2020
पिताको निधनमा बेन स्टोक्स भने घर भन्दा टाढा रहेका छन् । उनी साउथ अफ्रिकासँगको सिरिजका लागि साउथ अफ्रिकामा रहेका छन् । तर अफ्रिकासँगको एकदिवसीय सिरिज भने स्थगित भएको कारण उनी फर्कनेछन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment