बार्सिलोना युभेन्टससँग ३–० ले पराजित
काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा रोनाल्डोको इटालियन क्लब युभेन्टसले मेसीको स्पेनिस क्लब बार्सिलोनामाथि ३–० को जित निकालेको छ । खेलमा रोनाल्डोले पेनाल्टीमार्फत २ गोल र वेस्टोन म्याकिनीले १ गोल गरेका थिए । खेलको १३ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलमार्फत खेलमा अग्रता बनाएको युभेन्टसले अर्को सात मिनेटमा दोस्रो गोल थपेको थियो । २० औं मिनेटमा वेस्टोन म्याकिनीले युभेन्टसका लागि गोल थप्दा पहिलो हाफमै युभेन्टस २ गोलले अघि रह्यो। रोनाल्डोलाई बार्सिलोनाका डिफेन्डर रोनाल्ड अरौजोले पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि युभेन्टसले पेनाल्टीमार्फत पहिलो गोल गरेको थियो।
दोस्रो हाफमा युभेन्टसले फेरि पेनाल्टीको अवसर पायो। पेनाल्टी क्षेत्रभित्र क्लेमेन्ट लेङलेटले ह्याण्डबल गरेपछि पाएको अवसरको सदुपयोग गर्दै फेरि रोनाल्डोले नै गोल गरे। र युभन्टेस ३–० को जित निकाल्न सफल भयो। रोनाल्डोले च्याम्पियन्स लिगमा अहिलेसम्म १३४ गोल गरेका छन् । बार्सिलोनाका चर्चित स्टाइकर मेसीको पटक पटकको प्रहार फितलो सावित भयो । र कुनैपनि प्रहारबाट बलले जाली चुम्न पाएन । खेलको पहिलो हाल्फमा निकै दवावमा रहेको बार्सिलोनाले दोश्रो हाल्फमा राम्रो खेलेको थियो । तर युभेन्टसको दवदबालाई छिचोल्न भने सकेन ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment