साउथ अफ्रिकाले १४ वर्षपछि पाकिस्तानको भ्रमण गर्दै
काठमाडौं । साउथ अफ्रिका क्रिकेट टोलीले १४ वर्षपछि पाकिस्तानको भ्रमण गर्ने भएको छ । अफ्रिकाले आगामी जनवरीमा पाकिस्तानमा टेष्ट र टी२० सिरिज खेल्न लागेको हो ।
दुई टोलीबीच २ टेष्ट र ३ टी२० सिरिज हुनेछ । कराँची, रावलपिण्डी र लाहोरको मैदान खेल हुनेछ । साउथ अफ्रिकाको टोलीले अन्तिम पटक सन २००७ मा पाकिस्तानको भ्रमण गरेको थियो । त्यसपछि भने पाकिस्तानमा कुनै सिरिजको लागि अफ्रिकाको टोली गएको थिएन ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment