बार्सिलोनालाई हराएपछि रोनाल्डोले भने, ‘मेस्सीलाई कहिले पनि प्रतिद्वन्दीको रुपमा हेरिन’
काठमाडौं । युभेन्ट्सका खेलाडी क्रिस्टियानो रोनाल्डाले मंगलबार बार्सिलानालाई पराजित गरेपछि बार्सिलोनाका खेलाडी मेस्सीसँगको आफ्नो सम्बन्धको बारेमा प्रतिक्रिया दिएका छन् । च्याम्पियन्स लिग अन्तर्गत भएको युभेन्ट्स र बार्सिलोनाबीचको खेल सकिएपछि उनले सञ्चार माध्यमलाई प्रतिक्रिया दिदै मेस्सीलाई कहिल्यै प्रतिद्धन्दीको रुपमा नहेरेको बताएका छन् ।
खेलपछि बोल्दै रोनाल्डोले मेस्सी र आफूबीच राम्रो सम्बन्ध रहेको बताएका छन् । ‘मेस्सीसँग मेरो सम्बन्ध राम्रो छ । मैले उनलाई प्रतिद्वन्दीको रुपमा हेरेको छैन । हामी दुवैले आफ्नो टोलीको लागि जे राम्रो हुन्छ, त्यसैमा ध्यान दिन्छौं,’ रोनाल्डोले भने ।
‘मैले सधै उनीसंग धेरै सौहार्दपूर्ण सम्बन्ध बनाए’, उनले थपे । ‘उनी सधै आफ्नो टिमलाई राम्रो गर्न कोशिश गर्छन् । म त्यही गर्छु । मैले सधै उनलाई राम्रो तरिकाले पाएको छु ।’
‘तर हामी जान्दछौ, फुटबलमा, मिडियामा, देखाउनका लागि, एक प्रतिद्धन्दीको माग हुने गर्छ । तर मैले सधै उनीसंग राम्रो व्यवहार गरेको छु । तर सधै उनलाई त्यसरीनै देख्छु ।’ उनले थपे ।
मंगलबार भएको खेलमा युभेन्ट्सले बार्सिलोनालाई उसकै घरेलु मैदानमा ३–० ले हराएको थियो । युभेन्ट्सको जितमा रोनाल्डोले दुई गोल र वेस्टन म्यानकेनीले एक गोल प्रहार गरेका थिए ।







डिसी नेपाल








Facebook Comment