गौतमबुद्व कप क्रिकेट प्रतियोगिताका लागि टोली सार्वजनिक
काठमाडौं । कोरोना भाइरस माहामारीको कारण शून्य रहेको क्रिकेट गतिबिधिलाई अगाडि बढाउने उद्देश्यले चितवनमा मंसिर २७ बाट हुने गौतमबुद्व कप क्रिकेट प्रतियोगिताका लागि टोली नाम र खेलाडीहरु सार्वजनिक गरिएको छ । वाग्मती प्रदेश क्रिकेट संघको आयोजना र भरतपुर महानगरको प्रायोजनमा सञ्चालन हुने प्रतियोगिता मंसिर २७ देखि ३० गतेसम्म चल्ने छ । प्रतियोगितामा हाल क्यानको बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुको सहभागिता रहनेछ।
प्रतियोगितामा वाग्मती टोली, नारायणी टोली र राप्ती टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । वाग्मती टोलीको कप्तानमा ज्ञानेन्द्र मल्ल, नारायणी टोलीको कप्तानमा पारस खडका र राप्ती टोलीको कप्तानमा बिनोद भण्डारी रहेका छन । हाल क्याम्पमा रहेका खेलाडीहरु खेलाडीहरु मंसिर २६ गते चितवन प्रस्थान गर्नेछन । प्रतियोगिताका लागि छनोट गरिएका खेलाडीहरुको १ दिनपहिले पिसिआर परिक्षण हुनेछ। उनीहरुको रिपोर्ट आएपछि मात्र टिममा सामेल हुनेछन। प्रतियोगिता आयोजनाको लागि भरतपुर महानगरपालिका र बाग्मती प्रदेश क्रिकेट संघबीच पहिलो चरणको सम्झौता सम्पन्न भएको छ। जसअनुसार पहिलो चरणमा भरतपुर महानगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराउनेछ। प्रतियोगिता गर्न कुल २५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताबाट बचेको रकम गौतमबुद्व अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्माणको लागि खर्च गरिनेछ।
टिम र खेलाडीहरुको नामाबली









डिसी नेपाल








Facebook Comment