च्याम्पियन्स लिगः रियललाई जित्नै पर्ने दबाब

डिसी नेपाल
२४ मंसिर २०७७ १९:००
100
Shares

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति ९ खेल हुदैछ । प्रतियोगिता अन्तर्गत समूह ए, बी, सी र डीका समान दुई तथा समूह एचको एक खेल हुनेछ ।

बुधबार राति हुने खेलमा समूह बीको रियल मड्रिडलाई नक आउट चरणमा पुग्न जित्नै पर्ने दबाब रहेको छ । घरेलु लिगसंगै युरोपमा समेत राम्रो प्रर्दशन गर्न नसकिरहेको रियल आजको खेलमा पराजित भएमा प्रतियोगिताबाट बाहिरिने छ । समूह बीमा इन्टर मिलान र शख्तर डोनेस्क तथा रियल मड्रिड र बोरुसिया मोन्चेनग्लाडवाचबीच प्रतिस्पर्धा हुदैछ ।

समूह बीमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाच ८ अंक सहित शीर्ष स्थानमा, शख्तर ७ अंक सहित दोस्रो, रियल ७ अंक सहित तेस्रो र ईन्टर ५ अंक सहित चौथो स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.