ईङल्यान्ड क्रिकेट टोलीले जनवरीमा श्रीलंका भ्रमण गर्ने
काठमाडौं । ईङल्यान्ड क्रिकेट टोलीले आगामी महिना श्रीलंका भ्रमण गर्ने भएको छ । टोलीले श्रीलंकामा दुई टेस्ट खेलको सिरिज खेल्ने तय भएको ईङल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले बुधवार जनाएको छ । बोर्डले पूर्वनिर्धारित तालिका अनुसारनै श्रीलंका भम्रण गर्न लागेको हो । उक्त सिरिज आईसीसी टेस्ट च्याम्पियनसिपको हिस्सा रहेको छ । कोरोना महामारीको कारण उक्त सिरिजमा दर्शकलाई स्टेडियममा प्रवेश गर्न अनुमति दिईएको छैन ।
तालिका अनुसार पहिलो खेल जनवरी १४ देखी १८ सम्म खेलिने छ भने दोस्रो खेल २२ देखि २६ जनवरी बीच खेलिने छ । यसअघि सिरिज गत मार्च महिनामै हुने तय भएको थियो तर कोभिड–१९ माहामारीको कारण खेल स्थगित गरिएको थियो । ईङल्यान्ड टोली चार्टर विमान मार्फत जनवरीमा श्रीलंका प्रस्थान गर्नेछ । टोली श्रीलंकाको हमबनटोटामा क्वारिन्टाईनमा बस्नेछ । उक्त समयमा टोलीले ५ देखी ९ जनवरीका बीच महिन्दा राजपक्षे अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा प्रशिक्षण गर्नेछ । श्रीलंका पछि ईङल्यान्ड टोलीले फेबु्रवरीमा भारत भ्रमण गर्ने तालिका रहेको छ ।







डिसी नेपाल








Facebook Comment