मेहबुव आलमको कप्तानीमा सप्तरी जिल्ला क्रिकेट टोलीको घोषणा

डिसी नेपाल
२४ मंसिर २०७७ २२:११
176
Shares

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश स्तरीय छनौट क्रिकेट प्रतियोगिताको पुरुषतर्फको सिनियर क्रिकेट टिमको सप्तरी क्रिकेट संघले घोषणा गरेको छ । यही पुस ११ गते काठमाडौंमा हुन लागेको उक्त प्रतियोगिताको प्रदेश स्तरीय छनौट खेल भोली अर्थात मंसीर २५ देखी सुरु हुदैछ । जस अन्तर्गत सप्तरी क्रिकेट संघले मंसीर १७ गते देखि २० गते सम्म सञ्चालन गरेको बन्द प्रशिक्षणबाट महबुव आलमको कप्तानीमा १४ सदस्यीय टोलीको चयन गरेको छ । छनौट भएका टोलीका सदस्यहरुमा मेहबुव आलम (कप्तान), रोहित सिँह, बिवेक यादब, रोहन बिक, अमित यादब, बिकास दास, गुणान्नद राय, आशिष झा, रोबिन सिँह, सिमान्त राय, अनुज यादब, अजय यादब, निरज यादब र अमित दास रहेका छन । त्यसैगरी वैकल्पिक खेलाडीहरुमा राहुल मण्डल, अनिल यादब, गोमान्नद अमात्य, दिपेश सरदार रहेका छन । प्रदेश २ का लागि पुरूषतर्फको क्रिकेट छनोट प्रतियोगिता मंसीर २५ देखि धनुषाको जनकपुर र बाराको कलैयामा हुने जनाईएको छ ।

सप्तरीको सुरूङा नगरपालिकामा मंसीर १७ देखि २० सम्म सञ्चालन गरिएको महिला खेलाडीहरूको बन्द प्रशिक्षणवाट नितु कुमारी चौधरीको कप्तानीमा १४ सदस्यिय टोलीको घोषणा गरिएको छ । घोषणा गरिएको टोलीमा अंजली चौधरी, सीता चौधरी, सृजना चौधरी, सनजना चौधरी, नबिता चौधरी, निरूता चौधरी, संगिता चौधरी, मंजु चौधरी, रबिना चौधरी, संतोषी चौधरी, दिपमाला चौधरी, सुस्मिता चौधरी, कृति चौधरी प्रियंका चौधरी रहेका छन । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश स्तरीय महिला क्रिकेट छनोट प्रतियोगता मंसीर २८ गते देखि राजबिराज को राजरंगशाला मैदानमा हुने भएको छ । उक्त छनोट प्रतियोगितामा सप्तरी सहित सिरहा, धनुषा, सर्लाही, महोतरी, रौतहट, बारा, पर्सा सहित ८ जिल्ला बिच प्रतिस्पर्धा भई प्रदेश २ महिला क्रिकेट चयन हुनेछ । चयन भएको टोलीले पुस ११ गते देखि सुरुहुने प्रधानमंन्त्री कप राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *