पीएसजीको जितमा नेमारको ह्याट्रिक
काठमाडौं । युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ । ब्राजिलियन स्टार नेमारले ह्याट्रिक गरेपछि पीएसजीले टर्किस क्लब इस्तानबुल बासाकसेयरलाई ५–१ ले पराजित गरेको हो । अघिल्लो दिन रंगभेदी दुर्व्यवहारका कारण बिचमै स्थगित भएको खेल गएराति फेरि खेलाइएको हो ।
घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा पीएसजीका लागि नेमारले ह्याट्रिक गर्दा बाँकी दुई गोल किलएन एमबाप्पेले गरे । स्तानबुलका लागि ५७० मिनेटमा मेहमेत टोपालले एक गोल फर्काएका थिए । जितपछि १२ अंक जोड्दै पीएसजी समूह एचको समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment