च्याम्पियन्स लिगको समूह चरणको खेलमा म्यानचेष्टर सिटी अपराजित
काठमाडौं । च्याम्पियन्स लिगको समूह चरणको खेलहरुमा म्यानचेष्टर सिटी अपराजित रहेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा मार्सेलाई ३–० ले पराजित गर्दै सिटी समूह सीमा अपराजित रह्यो । घरेलु मैदानमा भएको खेलमा सिटीले सबै गोल दोस्रो हाफमा गरेको हो ।
सिटीका लागि फेरान टोरेसले ४८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । चोटपछि पुनरागमन गरेका सर्जियो एगुएरोले ७८औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । अन्तिम समयमा मार्सेका अल्भारो गोन्जालेजले आत्मघाती गोल गरेपछि सिटीले ३–० को जित हात पारेको हो । यसअघि नै समूह विजेता बनिसकेको सिटीले ५ जित र १ बराबरीपछि १६ अंक जोडेको छ । समूहको अर्को खेलमा अन्तिम १६ मा पुगिसकेको पोर्टोले ओलम्पियाकोसलाई २–० ले पराजित गरेको छ । पोर्टोका लागि ओटाभियो र कातेउस उरिबले एक–एक गोल गरे ।







डिसी नेपाल







Facebook Comment