अन्तिम खेल जित्दै रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा
काठमाडौं । समूह चरणको अन्तिम खेल जित्दै रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको खेलमा रियलले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकलाई २–० ले पराजित गरेको हो । रियलको लागि दुबै गोल बेन्जामाले पहिलो हाफमा गरे । नवौं मिनेटमा पहिलो गोल गरेका उनले ३२औं मिनेटमा दोस्रो गोल गरेका थिए ।
जितपछि ६ खेलबाट १० अंक जोड्दै रियल समूह बीको विजेता बनेको छ । जित्नैपर्ने खेलमा रियलले जर्मन क्लबलाई पराजित गर्दा अर्को खेलमा युक्रेनी क्लब साख्तर डोनेस्क र इटालियन क्लब इन्टर मिलानले गोलरहित बराबरी खेलेपछि पनि रियललाई फाइदा भयो । रियलसँग पराजित भए पनि ६ खेलबाट ८ अंक जोडेको मोन्चेनग्लाडबाक समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment