लंका प्रिमियर लिगमा लौरी इभान्सको पहिलो सतक

डिसी नेपाल
२५ मंसिर २०७७ १७:५२
88
Shares

काठमाडौं । श्रीलंकामा जारी लंका प्रिमियर लिगमा ईङल्यान्डका खेलाडी लौरी इभान्सले आफ्नो टि–२० करियरकै पहिलो सतक प्रहार गरेका छन । श्रीलंकाको हम्बानोटामा जारी कोलम्बो किंग्स र जाफना स्टेलियन्स बीचको खेलमा कोलम्बाका लागि उनले सतक प्रहार गरेका हुन । निर्धारित २० ओभरको खेलमा लौरीले अविजित पारी खेल्दै ६५ बलमा १०८ रन बनाएका हुन । सतकिय पारी खेल्ने क्रममा उनले ९ चौंका र ५ छक्का प्रहार गरेका छन । ३३ बर्षीय लौरीले १६३ टि–२० खेल खेल्ने क्रममा पहिलो सतक बनाएका हुन । टि–२० करियरमा उनको नाममा २६ अर्धसतक रहेको छ । लौरीले हालसम्म पहिलो श्रेणीको क्रिकेटमा ६ तथा लिस्ट ए को खेलमा ३ सतक प्रहार गरेका छन ।

जारी खेलमा कोलम्बो किंग्सले जाफना स्टेलियन्सलाई १६० रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरको खेलमा लौरीको सतकमा कोलम्बोले ४ विकेट गुमाएर १७३ रन बनायो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.