प्रधानमन्त्री कप क्रिकेट : प्रदेश स्तरीय छनौट खेलमा महोत्तरी बिजयी

डिसी नेपाल
२५ मंसिर २०७७ १८:१६
144
Shares

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश स्तरीय छनौट खेलमा महोत्तरीले धनुषालाई ७ विकेटले पराजित गरेको छ । जनकपुरको बार्हबिघा मैदानमा टस जितेर ब्याटिङ गरेको धनुषाले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २०९ रन बनायो । धनुषाका लागि हरि शन्कर साहले ६७, अमित कुसवाहले ४४, रामरुप यादवले ३३ बलमा अविजित २७ रन बनाए । बलिङमा महोत्तरीका लागि मोहम्मद हुसेनले १० ओभरमा १ मेडन सहित ४० रन दिएर ४, पुरज ढुङ्गेलले ३, राहुल प्रताप सिंह र निसान राउतले समान १–१ विकेट लिए ।

२१० रनको लक्ष्य लिएर मैदानमा आएको महोत्तरीले राजकुमार सहनीको अविजत ९३ रनको पारीमा सहज जित निकाल्यो । राजकुमारले ९३ रन बनाउने क्रममा १४४ बलको सामना गरेका थिए । महोत्तरीका अन्य खेलाडीहरुमा अरुण मन्डलले अविजित (५८) रन बनाए । धनुषाका लागि दिब्यान्शु मल्लिक, मनोज यादब र विशाल सुसलिङ्गले समान १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच महोत्तरीका राजकुमार साहनी भए । छनौट अन्तर्गतको दोस्रो खेलमा शुक्रवार (भोली) सिरहा र महोत्तरी भिडने् छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.