प्रदेश स्तरीय छनौट खेल : मेहबुब आलमको टोली सप्तरीको बिजयी शुरुवात
जनकपुर । धनुषाको जनकपुरमा संचालित प्रदेश नं. २ स्तरीय पुरुष तर्फको क्रिकेट प्रतियोगितामा सप्तरीले सिरहालाई सहजै ७ बिकेटले पराजित गरेको छ । बाह्रबिघा मैदानमा टस हारेर ब्याटिंग गरेको सिरहाले निर्धारित ५० ओभरको खेलमा मात्र ३५ ओभर ५ बल खेल्दै सम्पुर्ण बिकेट गुमाई १ सय ७९ रन मात्र बनायो । सिरहाका लागि शुभमान गतराजले ६४ बलमा ८ चौक्काको मद्धतले ४९ रन, प्रदिप पासवानले ३७ तथा राकेश कामेत ३० र रुपेश सिंहले २० रनको योगदान दिए । बलिंङ तर्फ सप्तरीका अजय यादवले ६ ओभरमा ३२ रन दिई ३ बिकेट तथा रोहित सिंह, महवुव आलम र अनुज यादवले सामान २–२ बिकेट लिए भने रोबिन सिंहले १ बिकेट लिए ।
१ सय ८० रनको बिजयी लक्ष्य लिई मैदानमा ओर्लेको सप्तरीले मात्र २७ ओभरमा लक्ष्य भेटायो । सप्तरीका लागि किर्तिमानी खेलाडी मेहवुव आलमले नटआउट ३४ बलमा ८ चौक्का र ३ छक्काको मद्धतले ५९ रन, आशिस झाले ५४ बलमा ८ चौक्का र २ छक्काको मद्धतले ५८ रन, रोहन बिकले ३३ तथा राहुल मण्डलले नटआउट रहि १५ रनको योगदान दिए । बलिंग तर्फ सिरहाका प्रदिप पासवानले २ तथा दिलिप यादवले १ बिकेट लिए । खेलको म्यान अफ द म्याच सप्तरीका किर्तिमानी खेलाडि महवुव आलम भए । प्रतियोगिता अन्तर्गत आईतवारको खेलमा सप्तरी र महोत्तरी भिड्ने छ ।







डिसी नेपाल








Facebook Comment