ला लिगामा एट्लेटिकोको अपराजित यात्रा टुङ्गियो
काठमाडौं । स्पानिस ला लिगाको जारी सिजनमा एट्लेटिकोको अपराजित यात्रा टुङ्गिएको छ । आईतवार बिहान मड्रिड डर्बीमा भएको खेलमा रियलले एट्लेटिकोलाई २–० ले पराजित गर्दा एट्लेटिकोको अपराजित यात्रा टुङ्गिएको हो । घरेलु मैदानमा भएको खेलमा रियलले दुवै हाफमा एक एक गोल गरेको थियो । रियलका लागि कासेमिरोले खेलको १५औं मिनेटमा गोल गर्दा दोस्रो हाफमा रियलले गोल उपहारको रुपमा पाएको थियो । जितसँगै १२ खेलमा २३ अंक जोडेको रियल अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।
आईतवार भएको अर्को खेलमा सेभियाले काडिजलाई १–० ले पराजित गरेको छ । जित सँगै सेभिया अंक तालिकाको पाचौं स्थानमा उक्लिएको छ । सेभियाले दोस्रो हाफमा भएको एकमात्र गोल उपहारको रुपमा पाएको थियो । खेलको ८१ औं मिनेटमा काडिजका ज्याभिएर एट्जेइटाले आत्मघाती गोल गरेका थिए ।







डिसी नेपाल








Facebook Comment