पिएम कप छनौट : आलमको सतकमा सप्तरीको सहज जित
काठमाडौं । धनुषाको जनकपुरमा संचालित प्रदेश नं. २ स्तरीय पुरुष तर्फको क्रिकेट प्रतियोगिता अन्र्तगत सप्तरीले सिरहालाई सजिलै ७ बिकेटले पराजित गरेको छ । जनकपुरको बाह्रबिघा मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको महोत्तरीले रवि सिंहको सतकिय पारीमा निर्धारित ४५ ओभरको खेलमा ७ बिकेट गुमाएर २ सय २२ रनको योगफल तयार पारेको थियो । रविले उत्कृष्ट ब्याटिङ गर्दै ८६ बलमा ५ छक्का र १० चौक्काको मद्धतले नटआउट १ सय ८ रनको योगदान दिए । रवि बाहेक महोतरीका लागि राजकुमार साहानी (२६), आदित्य झा (२१) र शौरभ नागबन्सीले २० रनको योगदान दिए । बलिंग तर्फ सप्तरीका लागि रोहित सिंह, अनुज यादव, महवुव आलम, रोबिन सिंह, बिकास दास र राहुल मण्डलले सामान १ बिकेट लिए ।
२ सय २३ रनको लक्ष्य लिई मैदानमा ओर्लेको सप्तरीले महवुव आलम र आशिष झाको उत्कृष्ट ब्याटिङको मद्दतमा २६ ओभर ३ बलमा ३ बिकेट गुमाएर सहजै लक्ष्य पुरा गर्यो । बिस्फोटक ब्याटिङ गरेका महवुवले सतकिय पारी खेल्दै ४७ बलमा ८ चौक्का र १० छक्काको मद्धतले नटआउट १ सय १ रनको योगदान दिए । सप्तरीका अर्का खेलाडी आशिष झाले ५० बलमा ५ चौक्का र ४ छक्काको मद्धतले ६३ रनको योगदान दिए । यी दुई बाहेक राहुल मण्डडले नटआउट २२ रनको योगदान दिए । बलिङ तर्फ महोतरीका मो. युसुफ, राहुल प्रताप सिंह र पुरज ढुंगेलले सामान १ बिकेट लिए । खेलको म्यान अफ द म्याच बिष्फोटक ब्याटिंग गरेका सप्तरीका किर्तिमानी खेलाडी मेहवुव आलम घोषित भए ।
प्रतियोगिता अन्र्तगत आईतवार देखी बाराको सिद्धेश्वरमा संचालित अर्को खेलमा पर्साले सर्लाहीलाई ७ बिकेटले पराजित गर्दै प्रतियोगितामा बिजयी शुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको सर्लाहीले निर्धारित ५० ओभरको खेलमा ३२ ओभर ५ बल खेल्दै सबै बिकेट गुमाउदै मात्र ९२ रन बनायो । सर्लाहीका सुधिर चौधरीले ५९ बलमा १ चौक्का र १ छक्काको मद्धतले २७, सोहन यादवले १६ र पप्पु दासले नटआउट १६ रनको योगदान दिए । बलिङ तर्फ पर्साका सैफुल्लाह अंसारीले ६ ओभर ५ बलमा १ मेडन सहित ११ रन दिई ३, समसाद अंसारीले ३ तथा सम्साद मंसुरीले २ बिकेट लिए । ९३ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको पर्साले उक्त लक्ष्य १६ ओभर ३ बलमा ३ बिकेट गुमाएर पुरा गर्यो । पर्साका लागि सन्तोष कार्किले नटआउट ४६ बलमा ५ चौक्का र १ छक्काको मद्धतले ३६, सुरज प्रसाद कुर्मिले २० र सैफालि हवारीले नटआउट रहि २० रनको योगदान दिए । बलिंग तर्फ सर्लाहीक मेराज मिकरानीले २ तथा गुलसन झाले १ बिकेट लिए । उत्कृष्ट बलिंग गरे वापत पर्साका सैफुल्लाह अंसारी म्यान अफ द म्याच भए । प्रतियोगिता अन्र्तगत सोमवारको खेल जनकपुरमा धनुषा र सिरहा बिच तथा बाराको सिद्धेश्वरमा सर्लाही र बारा बिच हुनेछ ।







डिसी नेपाल








Facebook Comment