दक्षिण अफ्रिकाका फुटबल खेलाडीको भयानक कार दुर्घटनामा मृत्यु (भिडियोसहित)

डिसी नेपाल
२८ मंसिर २०७७ २२:१३
340
Shares

काठमाडौं । दक्षिण अफ्रिकी फुटबल खेलाडी मोट्जेका मदिशाको एक भयानक कार दुर्घटनामा मृत्यु भएको छ । उनको आइतबार मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

पुलिसका अनुसार उनी चढेको कारको ड्राइभरले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो । उक्त कार सडकछेउमा रहेको बारमा गएर ठाक्किएको र त्यसमा आगलागि भएको थियो । उक्त आगोमा परी ती दुईजनाको शरीरको केही भाग जलेको पनि प्रहरीले जनाएको छ । आइतबार बिहान करिब १ः३० बजेतिर उक्त दुर्घटना भएको थियो ।

कारका ड्राइभरको शव भित्रै फसेको अवस्थामा र मदिशाको शव कारभन्दा बाहिर भेटिएको थियो । दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.