औंला भाँचिदा पाकिस्तान टोलीका कप्तान आजम टी ट्वान्टीबाट बाहिरिए

डिसी नेपाल
२९ मंसिर २०७७ १९:३३
52
Shares

काठमाडौं । पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमको औंला भाँचिदा १२ दिनको आराममा बस्नुपर्ने भएको छ । आराम गर्नुपर्ने भएपछि उनी न्युजिल्याण्ड विरुद्धको तीन म्याचको टी ट्वान्टी श्रृखंलाको एउटै खेलमा सहभागी हुन पाउने छैन् । पाकिस्तान क्रिकेट बोर्डले एक वक्तब्य जारी गरी अभ्यासको क्रममा आजमको बूढी औंलामा चोट लागेको जनाएको छ । लगत्तै उनलाई क्विन्सटाउनस्थित अस्पताल लगेर एक्स रे गर्दा क्षतिले पूर्ण आराम आवश्यक हुन गएको वक्तब्यमा उल्लेख गरिएको छ ।

आजम टोलीबाट बाहिरिनु पाकिस्तानका लागि ठूलो चिन्ताको विषय बनेको छ । कप्तान मात्रै नभई उनी टी ट्वान्टी अन्तर्राष्ट्रियमा विश्व वरियताको दोस्रो स्थानमा छन । गत् महिना मात्रै उनले पाकिस्तान सुपर लिगमा कराँची किंग्सलाई पहिलो पटक उपाधि दिलाएका थिए । पहिलो क्वालिफायरसँगै फाइनलमा समेत अद्र्धशतक लगाएर उनी प्लेयर अफ द् म्याच समेत घोषित भए । उनको स्थानमा मोहम्मद हफिजलाई शिर्ष स्थानमा खेलाइनेछ भने मध्यक्रमको विकल्प खोजिदैछ । पाकिस्तानले न्युजिल्याण्ड विरुद्धको पहिलो टी ट्वान्टी खेल शुक्रबार खेल्नेछ । २६ डिसेम्बरमा पहिलो टेष्ट सुरु हुनु अघि बाबरको पुनः एक्स रेपछि चिकित्सकको सुझाबमा उनी टेष्ट श्रृखंलामा फर्किने नफर्किने तय हुने पीसीबीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.