सयौंले आपत्तिजनक टिप्पणी गर्नुपर्ने यी २ खेलाडीको फोटोमा त्यस्तो के छ ?
काठमाडौं। जर्मनीको शीर्ष फुटबल क्लव बायर्न म्युनिखका खेलाडी एल्फोन्सो डेभिसले आफ्नी गर्लफ्रेण्ड तथा फ्रान्सको फुटबल क्लव पीएसजीकी खेलाडी जोर्डिन हुइतेमासँगको एउटा फोटो इन्स्टाग्राममा पोस्ट गर्दा सयौंको संख्यामा नस्लभेदी र भद्दा कमेन्टको सामना गर्नुपरेको छ । गर्लफ्रेण्ड हुइतेमासँग विदा मनाउन गएका एल्फेन्सोसँगको फोटो हुइतेमाले केही महिनाअघि पोस्ट गरेकी थिइन् । जोडीले यी भद्दा कमेन्टको जवाफ पनि दिएका छन् ।
View this post on Instagram
२०१७ मा डेभिस र जोर्डिन दुवै क्यानडाको अण्डर १७ वर्ष फुटबल खेलाडी घोषित भएका थिए । यी दुईको प्रेम सुरु भएको ३ वर्ष भइसकेको छ । जोर्डिन र डेभिसले प्रायः साथमा फोटो पोस्ट गरिरहन्छन् । तर, उनीहरुको पछिल्लो एउटा फोटोमा विगत केही दिनदेखि घृणा फैलाउने खालका कमेन्ट बर्सिएका छन् । फोटो पोस्ट भएको ४ महिना भइसकेको छ । यस्ता कमेन्ट भने पछिल्ला केही दिनयता आइरहेका छन् । केहीले डेभिसको रंगलाई लिएर उनलाई बाँदर भनेका छन् । जोर्डिनका विषयमा टिप्पणी गर्दै उनले आफ्नो सुन्दर जीनलाई खराब गरिरहेको भनेका छन् ।







डिसी नेपाल








Facebook Comment