न्यूजील्यान्डलाई टेस्ट श्रृङ्खला

डिसी नेपाल
३० मंसिर २०७७ १९:४९
24
Shares

काठमाडौं । वेस्ट इन्डिज विरुद्धको दोस्रो टेस्ट क्रिकेट खेलमा न्यूजील्यान्ड एक इनिङ र १२ रनको विशाल अन्तरले विजयी भएको छ । दुई टेस्टको यो शृंखलाका दुबै खेल न्यूजील्यान्डले जितेको छ । चौथो दिनको पहिलो सत्रमै न्यूजील्यान्डले वेस्ट इन्डिजलाई पराजित गरेको हो ।

पहिलो इनिङमा १३१ रनमै समेटिएको वेस्ट इन्डिजले दोस्रो इनिङमा पनि सबै विकेट गुमाएर ३१७ रन मात्र बनाएको थियो । ब्याटिङ र बलिङ दुबैमा सशक्त प्रदर्शन गरेको न्यूजील्यान्डले पहिलो इनिङमा ४६० रन बनाएको थियो । यो जितसँगै न्यूजील्यान्डले देशभित्र खेलिएका सबै १५ टेस्टमा विजयी भएको रेकर्ड पनि बनाएको छ । विश्व शृंखलामा न्यूजील्यान्ड र अस्ट्रेलिया समान अंकका साथ पहिलो स्थानमा छन् । पहिलो टेस्ट खेलमा पनि न्यूजील्यान्डले वेस्ट इन्डिजलाई एक इनिङ र १३४ रनको विशाल अन्तरले पराजित गरेको थियो । न्यूजील्यान्डले घरेलु मैदानमा आगामी डिसेम्बर २६ देखि पाकिस्तान विरुद्ध खेल्दैछ ।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.