प्रिमियर लिगमा चेल्सी पराजित हुँदा म्यानचेष्टर सिटी बराबरीमा रोकियो
काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा वल्भससँग चेल्सी २–१ गोल अन्तरले पराजित भएको छ । खेलमा पहिलो गोल गरेर अग्रता लिएको चल्सीले अग्रता जोगाउन नसक्दा पराजय भयो । पहिलो हाफमा दुबै टोलीबाट कुनैपनि गोल नभएको अवस्थामा दोस्रो हाफमा चेल्सीका लागि ओलिभर जिरुडले ४९औं मिनेटमा गोल गर्द चेल्सीलाई अग्रता दिलाएका थिए । तर ओलिभरले दिलाएको अग्रता चेल्सीले १७ मिनेट सम्म मात्रै कायम राख्न सक्यो । वल्भसका ड्यानिएल पोडेन्सले खेलको ६६ मिनेटमा गोल फर्काए । निर्धारित समयमा बराबरी भएको खेलमा अत्तिरिक्त समयको पाँचौ मिनेटमा वल्भसका पेड्रो नेटोले निर्णायक गोल गर्दै टोलीलाई २–१ को जित दिलाए । जितपछि वल्भस १३ खेलबाट २० अंक जोड्दै दशौँ स्थानमा उक्लेको छ । पराजित चेल्सीले भने शीर्ष स्थानको टोटनहमसँग अंक बराबरी गर्ने मौका गुमाउदै १३ खेलबाट २२ अंकसहित पाँचौ स्थानमै यथावत रहेको छ ।
गएराती भएको अर्को खेलमा म्यानचेष्टर सिटी वेष्टब्रोमसँग १–१ को बराबरीमा रोकिएको छ । खेलको ३० औं मिनेटमा एकाए गुन्डागोनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए तर ४३ औं मिनेटमा सिटीकै रुबेन डियाजले आत्मदघाती गोल गर्दै खेल बराबरी गरे । वेष्टब्रोमले एकमात्र गोल उपहारको रुपमा पाएको थियो । बराबरीपछि सिटी १२ खेलबाट २० अंक जोड्दै छैटौं स्थानमा रहेको छ । १३ खेलबाट ७ अंक मात्र रहेको वेष्टब्रोम पुछारबाट दोस्रो स्थानमा छ ।







डिसी नेपाल








Facebook Comment