पिएम कप छनौट महिला क्रिकेट : सिरहा र बारा विजयी
राजबिराज । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा संचालित प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता अन्र्तगत दोस्रो दिनको खेलमा सिरहाले महोतरीलाई तथा बाराले सर्लाहीलाई पराजित गरेको छ । राज रंगशालामा भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको महोतरीले निर्धारित २० ओभरको खेलमा ५ बिकेट गुमाउदै १ सय २९ रन बनायो । महोतरीका लागि शोभा आलेले ३२ बलमा ५ चौक्काको मद्धतले ३८ रन तथा बिमला मगरले २९ बलमा २ चौक्काको मद्धतले २५ रनको योगदान दिईन । बलिङ तर्फ सिरहाकी सन्तोषि चौधरी र कविता गौतमले सामान १–१ विकेट लिईन । एक सय ३० रनको विजयी लक्ष्य लिई मैदानमा ओर्लेको सिरहा टोलीले १ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । सिरहाका लागि आरति चौधरीले प्रतियोगिताकै पहिलो अर्धशतक प्रहार गर्ने क्रममा ४८ बलमा ९ चौक्काको मद्धतले ५२ रनको योगदान दिदा आरती चौधरी ५६ बलमा ३२ तथा सरस्वती चौधरी १४ रनमा नटआउट रहिन । बलिङ तर्फ महोतरीका गोमा आलेले एक मात्र विकेट लिईन । खेलमा उत्कृष्ट ब्याटिङ गरेकी सिरहाका अनुराधा चौधरी म्यान अफ द म्याच भईन ।
बुधवारनै सम्पन्न अर्को खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको सर्लाहीले निर्धारित २० ओभरको खेलमा १४ ओभर ४ बल खेल्दै सम्पुर्ण विकेट गुमाएर ६९ रनको योगफल तयार पार्यो । सर्लाहीका लागि कुनै पनी खेलाडीले दोहोरो अंक छुन सकेनन भने टोलीले अत्तिरिक्त रनको रुपमा ४४ रन प्राप्त गर्यो । बलिङ तर्फ बाराका साना प्रबिनले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १ मेडन सहित ८ रन दिई ४ विकेट, चान्दनी अधिकारीले ४ ओभरमा १४ रन दिई ४ विकेट लिईन । ७० रनको झिनो लक्ष्य पाएको बाराले ६ ओभर ४ बलमा बिना विकेट गुमाई सहजै लक्ष्य पुरा गर्यो । बाराका लागि साना प्रबिनले ३० बलमा १ चौक्का सहित नटआउट २० रन बनाउदा टोलीले अत्तिरिक्तको रनको रुपमा ४६ रन पायो । खेलको म्यान अफ द म्याच बाराका साना प्रबिन भईन ।












डिसी नेपाल








Facebook Comment