पहिलो दिनको खेलमा डिनर ब्रेक सम्म भारतको ४१ रनमा दुई विकेट
काठमाडौं । भारत र घरेलु टोली अष्ट्रेलिया बीच पहिलो पटक पिंक बलले टेस्ट क्रिकेटको सुरुवात भएको छ । चार खेलको सिरिज अन्तर्गत पहिलो खेल एडिलेड मैदानमा जारी छ । खेलमा भारतीय कप्तान विराट कोहलीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका छन । पहिलो ब्याटिङ गरेको भारतले डिनर ब्रेक सम्म २५ ओभरमा दुई विकेट गुमाउदै ४१ रन बनाएको छ । क्रिजमा भारतीय कप्तान र चेतेश्वर पुजारा रहेका छन । विराट ३१ बलमा छ रन बनाउदै अविजित छन भने पुजाराले १०१ बलमा अविजित १९ रन बनाएका छन ।
यसअघि भारतका ओपनर पृथ्वी शॉ खेलको दोस्रो बलमै खाता नखोल्दै आउट भएका छन । अर्का ओपनर मयंक अग्रवाल पट कमिन्सको बलमा बोल्ड भएका छन । मयंकले ४० बलमा १७ रन बनाएका थिए । बलिङमा अष्ट्रेलियाका लागि मिचेल स्टार्क र पट कमिन्सले समान एक–एक विकेट लिएका छन ।







डिसी नेपाल








Facebook Comment