टी–२० विश्वकप २०२२ : कुल २२५ खेलहरुमा १५ स्थानको लागि ८६ टोलीहरुबीच भिडन्त
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले २०२२ मा हुने टी–२० विश्वकपका लागि छनौट कार्यक्रमको घोषणा गरेको छ । २०२२ अक्टुबर–नोभेम्बरमा हुने प्रतियोगिमा आयोजक राष्ट्रको नाताले अष्ट्रेलियाले यसअघिनै स्थान बनाईसकेको छ । बाँकी १५ स्थानका लागि ८६ टोलीहरुबीच भिडन्त हुनेछ । भिडन्तमा २२५ खेलहरु हुनेछन । आईसीसीका अनुसार टी–२० विश्वकपको लागि चार चरणको छनौट खेलहरुको सुरुवात अप्रिल २०२१ बाट सुरु हुनेछ । पाँच क्षेत्रमा कुल ११ छनौट खेलहरु हुनेछन । यसअघि कोरोनाको कारण यी खेलहरुमा रोक लगाईएको थियो । प्रतियोगितामा हंगेरी, रोमानिया र सर्बियाले पहिलो पटक सहभागिता जनाउने छन । प्रतियोगितामा फिनल्यान्डले पहिलो पटक कुनैपनी आईसीसी प्रतियोगिताको आयोजना गर्नेछ । प्रतियोगिताको दुई हप्ता अगाडी जापानमा अन्डर–१९ वर्ल्ड कप छनौटका खेलहरु हुनेछ । क्षेत्रीय स्तरमा ६७ एसोसिएट राष्ट्रहरुले प्रतियोगितामा सहभागिता जनाउने छन । यस बर्षको अक्टुवर–नोभेम्बरमा अष्ट्रेलियामा टी–२० विश्वकप आयोजना हुने तय भएको थियो तर कोरोनाको कारण प्रतियोगिता स्थगित गरियो । अब यो प्रतियोगिता २०२२ मा अष्ट्रेलियामा आयोजना हुनेछ । २०२१ टी–२० विश्वकप भारतले आयोजना गर्देछ ।
नेपालले सन् २०२२ मा हुने टी २० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अष्ट्रेलियामा हुने उक्त प्रतियोगिताका लागि छनोट प्रक्रियाको तालिका सार्वजनिक गरेको छ । नेपालसहित जिम्बावे, युनाइटेड अरब इमिरेट्स (यूएई) र सिङ्गापुरले सिधै ग्लोबल छनोट खेल्न पाउने आईसीसीले जनाएको छ । टी २० वरियताका आधारमा नेपालसहित चार देशले सिधै ग्लोबल क्वालिफार खेल्न पाउने छन् । ग्लोबल क्वालिफायरमा कूल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चार टोलीले मात्र विश्वकपमा स्थान बनाउने छन् । आईसीसीले सन् २०२० को अक्टोबरमा शुरु हुने टी २० विश्वकपका लागि चार चरणमा छनोट प्रतियोगिता गर्ने तालिका सार्वजनिक गरेको छ । पूर्वी एसिया र अफ्रिकाबाट एउटा तथा अमेरिका, युरोप र एसियाबाट दुई दुई टोली ग्लोबल क्वालिफायरमा प्रवेश गर्ने छन् । ग्लोबल क्वालिफायरमा १६ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहका शीर्ष दुई दुई टोली टी २० विश्वकप क्रिकेटका लागि छनोट हुने आईसीसीले जनाएको छ ।
छनोटको रोडम्याप :








डिसी नेपाल








Facebook Comment