मोहम्मद अमिरले लिए अन्तराष्ट्रिय क्रिकेटबाट ‘सन्यास’
काठमाडौंं । पाकिस्तानी बलर मोहम्मद अमिरले क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छ । उनले एक पाकिस्तानी टिभी च्यानललाई अन्तर्वार्ता दिँदै सन्यासको घोषणा गरेका हुन् ।
उनले पाकिस्तानी क्रिकेट बोर्डसँग असन्तुष्टि जनाउँदै सन्यास लिन लागेको बताए । आफूलाई मानसिक यातना दिइएको पनि उनले बताएका छन् । लंका प्रिमियर लिगका लागि श्रीलंका रहेका अमिरले केही दिनमा पाकिस्तान फर्केर विस्तृत जानकारी दिने उनले बताए ।
२८ वर्षीय बाँया हाते बलर आमिरले सन् २००९ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका हुन् । उनले हालसम्म १ सय ४७ अन्तर्राष्ट्रिय म्याच खेलेर २५९ विकेट लिइसकेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment