प्रदेश स्तरीय महिला क्रिकेट : सर्लाही र बारा विजयी
राजबिराज । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा जारी प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता अन्र्तगत तेश्रो दिनको खेलमा सर्लाहीले सप्तरीलाई ६९ रनले तथा सिरहाले बारालाई ९ बिकेटले पराजित गरेको छ । राज रंगशाला बिहीवार भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको सर्लाहीले निर्धारित २० ओभरको खेलमा १५ ओभर खेल्दै ५ विकेट गुमाउदै २ सय १५ रन बनायो । सर्लाहीकी मेलिना रायमाझीले ५९ बलमा १२ चौक्काको मद्धतले अविजित ७८ रनको योगदान दिदा श्रेया थापा १९ रनमा अविजित रहिन । बलिङ तर्फ सप्तरीकी नविता चौधरीले ३ र सिता चौधरीले १ विकेट लिईन । सप्तरीले निर्धारित समय भन्दा ढिलो ओभररेट गरेका कारण स्थानीय अवस्थालाई आधार मान्दै प्रति ओभर १० रनका दरले कुल ५० रन पेनाल्टी मार्फत दिएको थियो ।
दुई सय १६ रनको विशाल लक्ष्य लिएर मैदानमा ओर्लेको सप्तरीले १६ ओभरमा ९ विकेट गुमाई १ सय ४६ रन बनायो । सर्लाहीले समेत ढिलो ओभररेटका कारण १० रनका दरले कुल ४० रन पेनाल्टी दियो । सप्तरीका नविता चौधरी ११ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहरो अंक छुन सकेनन । बलिङ तर्फ सर्लाहीकी दुर्गा कार्की र दिया बिकले समान २–२ विकेट लिदा मिनिका कुमारी साह, यमुना श्रेष्ठ र सरला श्रेष्ठले १–१ विकेट लिईन । खेलको म्यान अफ द म्याच उत्कृष्ट ब्याटिङ गरे वापत सर्लाहीका मेलिना रायमाझी भईन । बिहिवार नै सम्पन्न अर्को खेलमा टस जितेर ब्याटिङ गरेको बाराले निर्धारित २० ओभरको खेलमा ४ बिकेट गुमाई ८४ रन बनायो । बाराका लागि साना प्रविनले ६३ बलमा ३ चौक्काको मद्धतले अविजित ३३ रन बनाउदा चान्दनी अधिकारीले १५ रन बनाईन । बलिङ तर्फ सिरहाकी सरस्वती चौधरीले २ तथा सन्तोषी चौधरी र कविता गौतमले समान १–१ विकेट लिईन । ८५ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको सिरहाले उक्त लक्ष्य सहजै १० ओभर ५ बलमा १ विकेट गमाउदै पुरा गर्यो । सिरहाका लागि अनुराधा चौधरीले २७ बलमा ६ चौक्काको मद्धतले ३८ रन बनाउदा उर्मिला चौधरीले ३५ बलमा ३ चौक्काको मद्धतले २६ रनको योगदान दिईन । खेलमा दुवै खेलाडीहरु अविजित रहे । खेलमा उत्कृष्ट प्रर्दशन गरे वापत सिरहाका अनुराधा चौधरी म्यान अफ द म्याच भईन । । प्रतियोगिता अन्र्तगत शुक्रवारको पहिलो खेल सप्तरी र महोत्तरी तथा दोश्रो खेल सिरहा र सर्लाही बिच हुनेछ ।
















डिसी नेपाल








Facebook Comment