नेपाल भलिबल संघले एसियन महिला भलिबल च्याम्पियनसिपमा सहभागीताका लागि प्रक्रिया अघि बढाउने

डिसी नेपाल
३ पुष २०७७ १४:०२
76
Shares

काठमाडौं । नेपाल भलिबल संघले एसियन महिला भलिबल च्याम्पियनसिपमा सहभागीताका लागि प्रक्रिया अघि बढाउने भएको छ । एभिसी एसियन महिला भलिबल च्याम्पियनसिप २०२१ अगस्ट २९ सेप्टेम्बर देखी ५ सम्म चीनको जियाङमेनमा हुनेछ । त्यसका लागि अर्को महिनासम्म टोली दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको छ । १६ टोलीको सहभागिता रहने च्याम्पियनसिपका लागि आयोजकसहित १० टोलीको छनोट भइसकेको छ । पछिल्लो एसियन च्याम्पियनसिपको शीर्ष १० मा पर्ने टोली सिधै छनोट हुनेछन् । चीन उक्त प्रतियोगितामा चौथो भएको थियो । आयोजकले स्वतः च्याम्पियनसिप खेल्न पाउने भएकाले त्यसको ठाँउमा हङकङलाई समावेश गरिएको जनाइएको छ । साविक विजेता जापान, उपविजेता थाइल्यान्ड, दक्षिण कोरिया, काजकस्तान, चाइनिज ताइपे, इरान, इन्डोनेसिया, भारत र अस्ट्रेलिया शीर्ष १० मा रहेको थिए । बाँकी ५ टोली बाट क्षेत्रिय छनोटबाट च्याम्पियनसिपमा पुग्नेछन् । नेपाल रहेको सेन्ट्रल जोनबाट इरान, काजकिस्तान, भारत सिधै छनोट भइसकेका छन् ।

अब बाँकी रहेका ११ टोलीमध्ये एक टोली सेन्ट्रेल जोनबाट च्याम्पियनसिपका लागि छनोट हुनेछन् । सहभागी हुन चहाने टोलीमा एक मात्र भएको खण्डमा नेपाल सिधै छनोट हुनेछ । एकभन्दा बढी टोलीले सहभागिताका लागि नाम दर्ता गराएमा नेपालले छनोट प्रतियोगिता खेल्नुपर्नेछ । पछिल्लोपटक सहभागिता जनाएको श्रीलंका नेपालमाथि वरीयतामा माथि छ । त्यसैले, छनोट प्रतियोगिता हुने सम्भावना बढी छ । एसियामा सेन्ट्रल जोनसहित इस्ट जोन, वेस्ट जोन, साउथ इस्ट जोन र ओसियाना जोन रहेको छ । नेपालले गत वर्ष एभिसी सेन्ट्रल जोनको उपाधि जितेको थियो । नेपाल भलिबल संघको कार्यसमितिको बैठकले महिला टोलीलाई पठाउने निर्णय गरेको हो । संघको यो प्रक्रिया सफल भए नेपालले पहिलोपटक एसियन च्याम्पियनसिपमा भाग लिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.