लगातार कमजोर फिल्डिङको कारण भारतीय क्रिकेट टोली ट्विटरमा ट्रोल बन्दै

डिसी नेपाल
३ पुष २०७७ १७:५४
588
Shares

काठमाडौं । अस्ट्रेलिया बिरुद्ध एडिलेड टेस्ट खेलमा राम्रो बलिङ र ब्याटिङ गरेपनि लगातार कमजोर फिल्डिङको कारण भारतीय टोलीले ट्विटरमा ट्रोल भएका छन । एडिलेड टेस्टमा भारतीय फिल्डर्सहरुले धेरै क्याच लीक गरेका थिए। पहिले अष्ट्रेलियन खेलाडी मार्नस ल्याबुचेनको क्याच जसप्रीत बुमराह र पृथ्वी शा दुवैले छोडे। त्यसपछि मयंक अग्रवालले पनि एउटा क्याच छोडदा वृद्धिमान साहले पनि एउटा मौका गुमाए।

लगातार क्याचहरू छोड्दा पनि अष्ट्रेलियाका ब्याट्सम्यानहरू आउट हुदै गए र भारतीय खेलाडीहरुले उनीहरूलाई दबाबमा राखे। तर भारतीय सर्मथकहरु टोलीको फिल्डिङबाट खुसी छैनन्। भारत जस्तो टोलीबाट यस्तो खालको फिल्डिङ कसैले अपेक्षा गरेका थिएनन । यदि ती क्याचहरू समातिएको भए अष्ट्रेलियन टोली धेरै पहिले नै आउट भईसकेका हुन्थे। भारतीय टोलीको लगातार खराब फिल्डिङका कारण ट्विटरमा धेरै प्रतिक्रियाहरू आएका छन।

कसले के भने त ट्विटरमा ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.