भारतको बिजोगः टेस्ट इतिहासकै न्यून स्कोर, कुनै ब्याट्सम्यानले १० रनसम्म बनाउन सकेनन्

डिसी नेपाल
४ पुष २०७७ ११:३८
400
Shares

काठमाडौं। अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङमा भारत बिजोग तरिकाले अलआउट भएको छ । पहिलो इनिङबाट अस्ट्रेलियाविरुद्ध ५३ रनको अग्रता लिएको भारतको दोस्रो इनिङ पूरै धराशायी भयो । दोस्रो इनिङमा भारतले मात्रै ३६ रन बनाउन सक्यो । यो टेस्ट इतिहासमै चौथो न्यून स्कोर हो । भारतको भने यो इतिहासकै न्यून स्कोर हो ।

भारतका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् अर्थात सबै ब्याट्सम्यान १० रनको स्कोर नबनाउँदै आउट भए । भारतका ओपनर पृथ्वी शा ४ रनमा आउट भएपछि भारतको विकेट झर्ने क्रम सुरु भएको थियो । त्यसपछि जसप्रित बुमराह २ रनमा, चेतेश्वर पुजारा शून्यमा, मयंक अग्रवाल ९ रनमा, अजिंक्या राहाणे शून्यमा, विराट कोहली ४ रनमा, ऋद्धिमन शाह ४ रनमा, रविचन्द्रन अश्विन शून्यमा, हनुमा विहारी ८ रनमा र मोहम्मद सामी १ रनमा रिटायर्ड हर्ट आउट भएका थिए ।

अस्ट्रेलियाका लागि जोश हेजलवुडले ५ विकेट र प्याट कमिन्सले ४ विकेट लिए । यससँगै अस्ट्रेलियाले मात्रै ९० रनको लक्ष्य पाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.