राखेप सदस्य श्रेष्ठ सम्मानित

डिसी नेपाल
४ पुष २०७७ १७:४२
60
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)की बोर्ड सदस्य सुवर्णा श्रेष्ठ शनिवार सम्मानित भएकी छिन । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यको जिम्मेवारी पाएकोमा स्थानिय सामाजिक संस्था सेभेन एण्ड सेभेन मेम्बरले श्रेष्ठलाई सम्मान गरेको हो ।

लुभु मार्टमा भएको सम्मान कार्यक्रममा सदस्य श्रेष्ठले खेलकुदलाई जिवनको अंग बनाउ भन्दै खेलक्षेत्रको विकास र विस्तारमा सामाजले खेल्ने भूमिका महत्वपूर्ण हुने बताए । उनले भनीन, खेलकुदलाई सामाजिक उत्तरदायीत्व भित्र पारेर महत्वपूर्ण स्थान दिन सके नेपाली खेलकुदले अझ फड्को मार्न सक्छ । कार्यक्रमका संयोजक सुनिल श्रेष्ठले सेभेन एण्ड सेभेन मेम्बर सामाजिक संस्थाको रुपमा चिनिने भए पनि खेलक्षेत्रलाई प्राथामिकतामा राखेर खेलकुदका गतिबिधिमा पनि सहभागिता जनाउदै आएका बताए । सम्मान कार्यक्रममा संस्थाले एसइइ उत्रिणा गरेका बिद्यार्थीलाई पनि सम्मान गरेको थियो । कार्यक्रममा नेपाल आईटिएफ तेक्वान्दोका मुख्य प्रशिक्षक अन्जुनाथ श्रेष्ठ,ब्यापारी तथा समाज सेवी झलक मोहन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.