बार्सिलोनाको बराबरी, मेस्सीको कीर्तिमानी गोल

डिसी नेपाल
४ पुष २०७७ २३:२१
144
Shares

काठमाडौं । स्पेजिस ला लिगमा खराब सुरुवात गरेको बार्सिलोना शनिबारको खेलमा भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ । घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २–२ को बराबरीमा रोकिएको हो ।

खेलको २९ औं मिनेटमा भ्यालेन्सियाले मुक्टर डियाखाबीले गोल गर्दै अग्रता दिलाएका थिए । तर मेस्सीले पहिलो हाफको इन्ज्युरी समयमा खेल बराबरीमा ल्याए । उक्त गोलसँगै मेस्सीले ब्राजिलियन लेजेण्ड पेलेले बनाएको एकै क्लबका लागि सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन् । बार्सिलोनाका लागि मेस्सीको ६४३ औं गोल हो । पेलेले ब्राजिलियन क्लब सान्तोसका लागि ६४३ गोल गरेका थिए ।

दोस्रो हाफको ५३ औं मिनेटमा बार्सिलोनाका रोनाल्ड अराउजोले अग्रता दिलाए । तर ६९ औं मिनेटमा भ्यालेन्सियाका म्याक्सी गोमेजले गोलगर्दै खेल बराबरीमा ल्याए ।

यस बराबरीसँगै बार्सिलोनाले १३ खेलमा २१ अंक जोड्दै पाँचौ स्थानमा यथावत रहेको छ । भ्यालेन्सिया भने १४ खेलमा १४ अंकसहित १२ औं स्थानमा छ । शीर्षस्थानको एटलेटिको म्याड्रिडले १२ खेलमा २९ अंक जोडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.