कोहलीको करिअरमै सबैभन्दा खराब वर्ष, अब अजिंक्या राहाणेले कप्तानी गर्ने

डिसी नेपाल
५ पुष २०७७ १२:२७
140
Shares

काठमाडौं। भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले १२ वर्षमा पहिलो पटक कुनै अन्तर्राष्ट्रिय शतकबिना वर्ष समाप्त गरेका छन् । कोहलीले वर्ष २०२० मा कुनै पनि अन्तर्राष्ट्रिय शतक प्रहार गर्न सकेनन् । भारतले डिसेम्बर २६ देखि मेलबर्नमा अर्को टेस्ट खेल्दैछ तर कोहली अब त्यो खेलमा हुने छैनन् । कोहली पितृत्व विदामा भारत फर्किंदैछन् ।

कोहलीले २००८ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेपछि हरेक वर्ष अन्तर्राष्ट्रिय शतक प्रहार गरेका थिए । २००८ मा कोहलीले केवल ५ अन्तर्राष्ट्रिय खेल खेलेका थिए तर २०२० मा भने उनले २२ अन्तर्राष्ट्रिय खेल खेलेका थिए । २००९ पछि कोहलीले २२ भन्दा कम खेल खेलेको यो पहिलो पटक हो । कोहलीले २०१९ मा ७ शतक, २०१८ मा ११ शतक, २०१७ मा ११ शतक बनाएका थिए । कोहली अब विदामा घर फर्किनेछन् । उनकी पत्नी अनुष्का शर्माले बच्चा जन्माउने समय नजिकै आइरहेको छ । अब बाँकी खेलमा भारतीय टिमको कप्तानी अजिंक्या राहाणेजले गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.