पाकिस्तानका प्रमुख प्रशिक्षक चयनकर्तामा नियुक्त

डिसी नेपाल
५ पुष २०७७ १२:५६
68
Shares

काठमाडौं । उत्तरी पाकिस्तानका प्रमुख प्रशिक्षक एवम् पूर्ब ब्याट्सम्यान मोहम्मद वसिम पाकिस्तानका प्रमुख चयनकर्ता नियुक्त भएका छन । उनी सन् २०२३ को विश्वकप सम्मका लागि प्रमुख चयनकर्ता भएका हुन । कैद ए आजम ट्रफी जारी रहँदा प्रमुख प्रशिक्षक रहेका वसिमलाई उक्त भूमिकाबाट पाकिस्तान क्रिकेट बोर्डले राजिनामा गर्न आग्रह गरेको थियो । राजिनामापछि उनलाई प्रमुख प्रशिक्षकको जिम्मेवारी दिइएको हो । उनले आगामी जनवरी महिनामा दक्षिण अफ्रिका विरुद्धको घरेलु श्रृखंलामा पाकिस्तान क्रिकेट टोलीको चयन गर्नेछन ।

प्रमुख चयनकत्र्ता मिसबाह उल हकले राजिनामा गरेपछि उक्त पद तीन सातादेखि रिक्त रहेको थियो । बोर्डले यसअघि मोहम्मद अकरमलाई प्रमुख चयनकर्ता नियुक्त गर्ने तयारी गरेको थियो । तर अकरमले चयनकत्र्ता समितिको स्वरुपलाई लिएर असहमति जनाएपछि उनीसँगको सम्झौता सफल भएन । बोर्डले गत् वर्ष छ वटा क्षेत्रीय संघका प्रमुख प्रशिक्षकलाई समेत चयन समिति राखेको थियो । अकरमले स्वतन्त्र चयन समितिको माँग गरेका थिए । बोर्डले उक्त माँगमा सहमति नगरेपछि अकरमको स्थानमा वसिम प्रमुख चयनकर्ता नियुक्त भएका हुन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.