प्रदेश नं १ का १०० सङ्क्रमित निको

डिसी नेपाल
७ पुष २०७७ १९:२३

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा १०० जना कोरोना सङ्क्रमित निको भएका छन् । निको हुनेमा होमआइसोलेसन र विभिन्न कोभिड अस्पतालबाट रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २५ हजार ४९५ पुगेको छ ।

प्रदेश सोही अवधिमा गरिएका ५४४ जनाको पिसिआर परीक्षणमा ३४ महिला र २९ पुरुष गरी ६३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । थप सङ्क्रमितमा मोरङमा ३३ मध्ये विराटनगरमा २३, सुनसरीमा १८, झापामा तीन, उदयपुर र तेह्रथुममा दुईरदुई र प्रदेश बाहिरका पाँच जना रहेका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २९ हजार ४८९ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म दुई लाख पाँच हजार ५५० जनाको पिसिआर परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *