पाकिस्तानी सेनाको गोली लागि जम्मू कश्मीरमा एक भारतीय सैनिकको मृत्यु

डिसी नेपाल
१७ पुष २०७७ २३:१२
1.0k
Shares

नयाँ दिल्ली (एजेन्सी)। भारत प्रशासित जम्मू कश्मीरमा शुक्रबार पाकिस्तानी र भारतीय सेनाबीच भएको फायरिङमा एकजना भारतीय सेनाका सुवेदारको मृत्यु भएको छ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार जम्मू कश्मीरको नौशेरा सेक्टरमा शुक्रबार पाकिस्तानी सेनाको गोली लागेर भारतीय सेनाका एकजनाको मृत्यु भएको हो।

भारतीय सञ्चार माध्यमहरुले पाकिस्तानी सेनाले युद्धविराम उल्लंघन गरेको जनाएका छन्। समाचार अनुसार पाकिस्तानी सेनाको गोली लागेर गम्भीर घाइते भएका सुवेदार विरेन्दरको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

भारतले पाकिस्तानमाथि युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै आएको छ। तर, पाकिस्तानले भारतीय आरोप खारेज गर्दै आएको छ। यी दुई देशबीचको सीमा क्षेत्रमा हरेक दिन फायरिङका घटनाहरु भइरहन्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *