नर्वेमा पहिरो : एकको मृत्यु, नौ बेपत्ता

डिसी नेपाल
१८ पुष २०७७ १३:४३
72
Shares

काठमाडाैं । नर्वेमा पहिरोका कारण कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु नौ जना बेपत्ता भएका छन्। राजधानी ओस्लोदेखि २५ किलोमिटर टाढा रहेको पहाडी क्षेत्र आस्कमा मंगलबार राती पहिरो गएको अधिकारीहरुले जनाएका छन्।

पहिरोका कारण मानवीय क्षतीसँगे भौतिक संरचनामा पनि ठूलो क्षती भएको छ । घर तथा अन्य भवनहरु समेत नष्ट भएको छ। “पहिरो गएको ठाउँबाट एक जनाको शव निकालिएको छ भने अरु बेपत्ता भएकाहरुको खोजी भइरहेको छ,” एक प्रहरी अधिकारीले भने।

घटनास्थलमा हिँउ परिरहेकोले खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको घटनास्थलमा खटिएकाहरुले बताएका छन्। प्रहरीले केही दिन अगाडि नै पहिरोमा परी कुल १० जना बेपत्ता भएको जनाएको थियो। बेपत्ता भएका मध्ये आठ जना वयस्क उमेरका रहेका छन भने एक जना दुई वर्षको रहेका छन्।

नर्वेका सञ्चार माध्यमहरुले उनीहरुको खोजी तथा उद्धारका लागि हेलिकोप्टर र एम्बुलेन्सहरु परिचालन गरिएको जनाएका छन्। रासस/एएफपी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *