अविश्वासको प्रस्वाव पेश भए सामना गर्छुः मुख्यमन्त्री गुरुङ

डिसी नेपाल
१८ पुष २०७७ २०:४४
24
Shares

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव पेश भए सामना गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उनले केन्द्रमा जे जस्तो विवाद भए पनि प्रदेशभित्र सरकार सञ्चालनमा मिलेर जानुपर्ने पक्षमा आफू रहेको भन्दै अविश्वासको प्रस्ताव नै आए सामना गर्नुको विकल्प नरहेको बताए।

उनले प्रचण्ड–माधव समूहलाई केन्द्रमा झगडा भए पनि प्रदेशमा मिल्नुपर्छ भन्दै मिलेर जान आग्रह गरिरहेको बताए । साविकको माओवादी केन्द्र र नेकपा एमाले अलगअलग भएर नै प्रदेशमा सरकार बनाएको भन्दै अरुलाई उदाहरण देखाउन पनि अहिले गण्डकी प्रदेशमा मिलेर जान आग्रह गरेको मुख्यमन्त्री गुरुङको भनाइ छ । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *