भारतमा बायोटेकको कोभिड–१९ विरुद्धको आपतकालिन खोप प्रयोगका लागि सहमति

डिसी नेपाल
१९ पुष २०७७ ६:२८
68
Shares

नयाँदिल्ली। भारतको औषधि व्यवस्थाका लागि विशेषज्ञहरूको समूह (ड्रग्स कन्ट्रोलर जनरल अफ इंडिया–डीसीजीआई)ले भारतीय बायोटेकको स्वदेशमा नै विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई भ्याक्सिनलाई नियन्त्रित तर आपतकालीन प्रयोगका लागि सिफारिस गरेको छ ।

विशेष सरकारी स्रोतले एएनआईलाई दिएको जानकारीमा भनिएको छ, “विज्ञ समितिले भारतीय बायोटेकको स्वदेशमा विकसित कोभिड–१९ विरुद्धको खोपलाई नियन्त्रित तर आपतकालीन प्रयोगको अनुमति दिन सिफारिस गरेको छ । ”

डीसीजीआइ) को विषय विशेषज्ञ समितिको बैठक (एसईसी) बैठकले स्वदेशी सङ्क्रमित विरामीमा खोपको आपतकालीन प्रयोगका लागि आवेदन गर्ने दुई कम्पनी एसआईआई र भारत बायोटेकले बुझाएको आवेदन समीक्षा गर्न दिल्लीमा बैठकको आयोजना गरिएको थियो।

कोभ्याक्सिन भारतीय मेडिकल रिसर्च (आईसीएमआर) को सहकार्यमा भारती बायोटेकद्वारा स्वदेशी प्रविधिमा विकसित एक कोरोनाभाइरस खोप हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *