जापानमा हिउँले पुरिएर ट्रक चालकको मृत्यु

डिसी नेपाल
१९ पुष २०७७ २१:१८
88
Shares

टोकियो। आकिता प्रिफेक्चरमा भारी हिमपातपछि हिउँमा पुरिएर ६७ वर्षीय ट्रक चालक ताकाहासिको मृत्यु भएको छ। मृत्यु हुने पार्ट टाइम काम गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ। बाटो अड्किएको ट्रक छाडेर जाँदै गर्दा हिउँमा पुरिएर उनको मृत्यु भएको प्रहरीले बताएको हो।

शनिबार दिउँसो हिउँ पञ्छाउन खटिएका नगर कर्मचारीहरुले पाँच मिटर चौडा सडकमा हिउँ पञ्छाएका थिए। यस क्रममा सडकमा ट्रक रोकिएको र एक व्यक्ति हिउँमा पुरिएको फेला परेको जनाइएको छ। ती व्यक्तिलाई उपचारका लागि अस्पताल लगिएको थियो। तर, उनको मृत्यु भएको चिकित्कहरुले बताएका थिए।

सडकमा साढे २ मिटर अग्लो हिउँको थुप्रो लागेको थियो। ताकाहाशीमाथि हिउँको थुप्रो खसेको हुन सक्ने प्रहरीको अनुमान छ। गत डिसेम्बर ३० देखी यता यस क्षेत्रमा भारी हिमपात भइरहेको मौसम विभागका अधिकारीहरुले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *