फेवा तालमा भेटियो एक जनाको शव

डिसी नेपाल
२९ पुष २०७७ १८:४७
200
Shares

कास्की। पोखरास्थित फेवा तालमा डुबेका एकजनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बल (एपीएफ)ले बुधबार एकजनाको शव फेला पारेको हो। पोखरा महानगरपालिका वडा नम्बर २२ का २४ वर्षीय सन्तोष परियारको शव फेला परेको छ।

उनी पुस २२ मा तालमा डुबेर वेपत्ता भएका थिए।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कास्कीबाट खोजी कार्यको लागि खटिएको एपीएफ टोलीले उनको शव पानीमा तैरिरहेको अवस्थामा फेला पारेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *