वेष्ट ईण्डिजविरुद्ध बंगलादेशको सहज जित, शाकिबको शानदार पुनरागमन

डिसी नेपाल
७ माघ २०७७ १७:५४

काठमाडौं । वेष्ट ईण्डिजविरुद्धको पहिलो एक दिवसीय खेलमा बंगलादेशले सहज जित निकालेको छ । शेरे बंगला नेशनल स्टेडियम ढाकामा भएको खेलमा बंगलादेशले वेष्ट ईण्डिजलाई ६ विकेटले पराजित गरेको हो ।

ईण्डिजले दिएको १२३ रनको झिनो लक्ष्य घरेलुटोलीले ३३.५ओभरमा ४ विकेट गुमाएर पुरा ग¥यो । बंगलादेशका कप्तान तमिम इकबालले ४४ रन बनाए । यस्तै शाकिब अल हसन र मुशफिकुर रहिमले समान १९ रन बनाउँदा लिटन दासले १४ रन बनाए । वेष्ट ईण्डिजका अकिल होसेनले ३ विकेट लिए भने जेसन मोहमदले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट ईण्डिज शाकिब अल हसनको घातक बलिङमा धरासायी भएको थियो । ईण्डिजले ३२.२ ओभरमा सबै विकेट गुमाएर मात्र १२२ रन बनाएको थियो । त्यसका लागि काइल मेयर्सले सर्वाधिक ४० रन बनाए । यस्तै रोभमन पावेलले २८ रन बनाए । बंगलादेशका शाकिब अल हसनले सानदार बलिङ गर्दै ४ विकेट लिए । यस्तै हसन महमुदले ३ तथा मुस्ताफिजुर रहमानले २ विकेट लिए ।

शाकिबले ७.२ ओभरमा २ मेडन सहित ८ रन खर्चेर ४ विकेट लिए । यो उनको अन्तर्राष्ट्रिय खेलमा पूनरागमन खेल हो । उनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आर्इसिसी)ले गतवर्ष सट्टेबाजको प्रस्तावबारे जानकारी नदिएर भ्रष्टाचार विरोधी संहिताको उंल्लघन गरेको आरोपमा एक वर्षको प्रतिबन्ध लगाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *