पार्टीमा समर्थकको भूमिका अतुलनीय छ : मुख्यमन्त्री पोखरेल
फाइल फाेटाे
तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पार्टीका समर्थकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङ जिल्ला सचिवालय सदस्य मनोहर बुढाथोकीका बुबा जीतबहादुर बुढाथोकीको १३औँ दिनको पुण्य तिथिमा आज आयोजित श्रद्धाञ्जली सभामा शोक मन्तव्य व्यक्त गर्दै उनले पार्टीमा सक्रिय राजनीति गर्नेहरुको भूमिकासँगै र समर्थक तथा अभिभावकको भूमिका पनि महत्वपूर्ण हुने धारणा राखे ।
उनले स्व बुढाथोकी जस्तै पार्टीका समर्थकले गर्दा अहिले राष्ट्रको नेतृत्व गर्ने अवस्थामा पुगेको बताए । दाङ कम्युनिष्टको उर्बर क्षेत्रका रुपमा रहेको उल्लेख गर्दै उनले पार्टीमा बुढाथोकीको भूमिका महत्वपूर्ण रहेकाले त्यसलाई सबैले अनुशरण गर्नुपर्ने बताए । बुढाथोकीको ८३ वर्षको उमेरमा निधन भएको हो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment