गजल : सर्वस्व सुम्पिएर गै
सर्वस्व सुम्पिएर गै मेरी, हैन भनेर किन पिर गरौँ
जो मेरी भएर पनि मेरी, भैन भनेर किन पिर गरौँ।।
लगाउनु थियो मै दिन्थे, अर्का कै लाएर गै सिन्दुर पोते
म तेस दिनदेखि उसले सम्झिदैन भनेर किन पिर गरौँ ।।
अरे तिमीसँग खुट्टा त छ, खुट्टा नहुने मान्छे सोच्दो हो
म खुट्टामा लगाउने चप्पल छैन भनेर किन पिर गरौँ ।।
हो आज पनि सम्झिन्छु, सायद कहिले बिर्सने छैन
मुटुमा बस्या थी मनबाट, गैन भनेर किन पिर गरौँ ।।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment