नेपाली प्रतिभा प्रतिष्ठानद्वारा २ जना श्रष्टा सम्मानित

डिसी नेपाल
१७ माघ २०७७ १८:४७

काठमाडौं। नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नेपालमा रहेर साहित्यमा कलम चलाउने २ जना श्रष्टालाई सम्मान गरेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा डा. राजेन्द्र विमल र विमला तुम्खेवालाई सम्मान गरिएको हो।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले डा. राजेन्द्र विमललाई ५० हजार र विमला तुम्खेवालाई १ लाख नगद र प्रमाणपत्र प्रदान गरेर सम्मान गरे। सम्मानपछि बोल्दै कुलपति उप्रेतिले कोरोनाको कारण असामान्य बनेको बेला पनि प्रविधिको माध्यामबाट सबै जोडिन पाउँदा खुशी भएको बताए।

उनले नेपाली साहित्यलाई नयाँ उचाईँमा पुर।्याउनका लागि नेपालका सम्पूर्ण मातृभाषामा लेखिएका साहित्यलाई संग्रहित गरेको पनि जानकारी दिए। उनले डा. राजेन्द्र विमल नेपाललाई बुझ्ने बुद्धिजिवी भएको टिप्पणी गरे।

‘हामी साथि हौं,’ कुलपति उप्रेतिले भने, ‘उहाँ नेपाललाई बुझेर लेख्ने बुद्धिजीवि हो। हामी एक अर्का प्रति समर्पित छौ, एक ले अर्काको बारेमा सपना देख्छौं।’
कार्यक्रममा डिसी नेपालका सल्लाहकार सम्पादक यशोदा तिमिल्सेनाले साहित्यकारहरुले लेखनमा बढी ध्यान दिनुपर्ने बताइन्। उनले विमला तुम्खेवाको आफू परस्पर मित्र भएको भन्दै चौतर्फी नहिडेर लेखनमा जोड दिन आग्रह गरिन्।

सूचना आयोगको पूर्व आयुक्तसमेत रहेकी तिमिल्सेनाले भनिन्, ‘म विमलाको परस्पर मित्र भएका कारण उनलाई सुझाव दिन चाहान्छु। न पुग्दो केही छैन। काठमाडौंमा घर र गाडी किन्ने सपना छ जस्तो पनि लाग्दैन। यस्तो मान्छेले खुरुखुरु नलेखेर किन सडकमा जान परेको होला?’

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काईला, नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका अध्यक्ष गणेश राई, डा राजेन्द्र विमल, विमला तुम्खेवा लगायतले आ–आफ्नो धारणा राखेका थिए।

करिव १२ वर्ष पहिला बेलायमा रहेका नेपाली श्रष्टाहरुले सुरुवात गरेको प्रतिष्ठानले १३औं संस्करणको सम्मान गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *