सर्वोच्च अदालतबाट संविधानको संरक्षण हुनुपर्छः नेता खाँण

डिसी नेपाल
१७ माघ २०७७ २३:३८
36
Shares

म्याग्दी। नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सर्वोच्च अदालतबाट संविधानको संरक्षण हुनेमा आफू विश्वस्त रहेको बतनएका छन्।

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा शनिबार नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उनले संविधान विपरित गरिएको प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गर्नेमा आफू विश्वस्त रहेको बताए।

कार्यक्रममा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा, उपसभापति माधवप्रसाद रेग्मी, सचिव मिनबहादुर कार्की, महासमिति सदस्य चिरञ्जीवी शर्मा, जिल्ला सदस्य केवी भण्डारी, बेनीनगर सभापति अनोद श्रेष्ठ, युवा व्यवसायी भिम रोका, राष्ट्रिय प्रजातान्त्रिक मगर सङ्घका अध्यक्ष हिरा पुन, महिला सङ्घ अध्यक्ष विमला गौचन, तरुण दल प्रदेश (क) का संयोजक असल केसीलगायतले प्रतिनिधिसभाको विघटन संविधानको मर्म विपरित भएको आरोप लगाएका थिए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *