बीचैमा प्रदेश छाडेर जान्नँ : मुख्यमन्त्री गुरुङ
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताका लागि काम गर्ने प्रतिबद्धतासहित जिम्मेवारी सम्हालेकाले आफू बीचमै छोडेर कुनै अवसर खोज्न नजाने बताएका छन्।
बाह्रखरी अनलाइनले पोखरामा आयोजना गरेको ‘कोभिड–१९ को असरबाट पर्यटनलाई उकास्ने प्रयास’ विषयक कार्यक्रममा पत्रकार प्रतिक प्रधानसँगको भलाकुसारीमा मुख्मन्त्रीले प्रदेशको विकासमा आफूले पूरा समय काम गर्ने बताएका हुन्। “मुलुक चुनावको तयारीमा छ, अहिले मलाई प्रतिनिधिसभाको टिकट दिए पनि म लिन्न किनकी मैले जनतासँग पाँच वर्ष काम गर्छु भन्ने प्रतिबद्धता लिएर जिम्मेवारी सम्हालेको हुँ । म कुनै अवसर खोज्दै हिँड्दिन”, मुख्यमन्त्री गुरुङले भने।
उनले चुनौती छन् भन्ने थाहा भए पनि यति कठिन चुनौतीको कल्पना नगरेको बताउँदै सङ्घीयता सफल हुन नदिन कर्मचारीतन्त्र सक्रिय रहेको बताए। उनले भने, “कर्मचारीतन्त्रमा सङ्घीयता विरोधी भावना हाबी छ । संरचना, व्यवस्था परिवर्तन भयो तर ८० प्रतिशत कर्मचारीले सङ्घीयता अझै स्वीकार्न सकेका छैन । यसले धेरै समस्या सिर्जना भएको छ।” रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment