ड्युटीमै अचानक लडेका सशस्त्र प्रहरी इन्सपेक्टरको मृत्यु
काठमाडौं । बारामा ड्युटीमै अचानक लडेर बेहोस भएका सशस्त्र प्रहरीका इन्सपेक्टरको मृत्यु भएको छ । बोर्डर आउट पोष्ट कबहीगोठका इन्चार्ज समेत रहेका सशस्त्रका इन्सपेक्टर नारायण सिंह ऐरको मृत्यु भएको हो ।
दार्चुला घर भएका उनी ड्युटीकै क्रममा अचानक लडेर बेहोस भएका थिए । बिहिबार बिहानैदेखि ड्युटीमा खटिएका उनी दिउँसो अचानक बेहोस भएपछि उपचारका लागि कलैया अस्पताल लगिएको थियो ।
कलैया अस्पतालले थप उपचारका लागि उनलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा रेफर गरेको थियो । तर नारायणी अस्पताल आइपुग्दा उनको मृत्यु भइसकेको थियो ।
प्रतिक्रिया
Facebook Comment