इन्डोनेशियाको गाउँमा आयाे बाढीमा रगत जस्तो रातो पानी
बीबीसी। कपडामा रङ लगाउने कारखानामा बाढी पसेपछि इन्डोनेशियाको एउटा गाउँ नै रातो पानीमा डुबेको छ। शनिबार जाभामा रहेको जेन्ग्गट गाउँमा बाढी पस्दा सबै पानी नै रगत जस्तो देखिएको हो। सो क्षेत्र बाटीक भनिने परम्परागत कपडामा रङ्ग भर्ने कार्यको लागि प्रख्यात छ।
सामाजिक सञ्जालमा हजारौँले रातो पानीका विभिन्न तस्बिर हालेका थिए। स्थानीय अधिकारीले नी तस्बिरहरू सही भएको पुष्टि गरेका छन्।

“यो रातो पानी बाटीक कारखानाका कारण भएको हो,” स्थानीय अधिकारी दिमस अर्गा योधाले रोयटर्स समाचारसंस्थालाई बताए। “वर्षाको पानीसँग मिसिएपछि केही समयपछि यो हराउँछ।”

सो क्षेत्रमा नदीहरूको पानी पनि बाटीक कारखानाले प्रयोग गर्ने रङ्गका कारण कहिलेकाहीँ फरक रङ्गका देखिने गरेका थिए। गत महिना त्यहाँको नदीमा चहकिलो हरियो रङ्गको पानी बगेको रोयटर्सले जनाएको छ। इन्डोनेशिया बाढीले धेरै प्रभावित हुने देशमध्ये हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment