ओबामाले बनाउँदैछन् तेन्जिङ नोर्गे शेर्पाबारे चलचित्र
काठमाडौं। सगरमाथाका पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पाका बारेमा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र मिशेल ओबामाको प्रोडक्सन कम्पनीले चलचित्र बनाउने भएको छ ।
उनीहरुको कम्पनी हाइअर ग्राण्ड प्रोडक्सनले नेटफ्लिक्ससँगको सहकार्यमा चलचित्र निर्माण गर्न लागेको हो। चलचित्र एड डगलसको पुस्तक ‘तेन्जिङ हिरो अफ एभरेस्ट’ र नोर्गेको साँचो कथामा आधारित हुने जनाएको छ।
चलचित्र तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्यान्डका आरोही एडमण्ड हिलारीको साँचो कथामा आधारित छ । चलचित्रको निर्देशन जेनिफर पिडमले गर्नेछिन्। स्क्रिनडेलीको रिपोर्टअनुसार चलचलित्रको नाम तेन्जिङ रहनेछ।
नोर्गेले एडमन्ड हिलारीसँगै सगरमाथाको पहिलो सफल आरोहण सन् १९५३ मे २९ का दिन गरेका थिए। नोर्गे सन् १९१४ मे २९ मा सोलुखुम्बुमा जन्मिएका थिए भने उनको मृत्यु १९८६ मे ९ मा भारतको दार्जिलिङमा भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment